२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ नेता खनाललाई थप उपचारका लागि दिल्ली लगियो



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि दिल्ली लगिएको छ । बुधबार दिउँसो साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट उनलाई दिल्ली लगिएको हो । 

दुई दिनअघि लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनी नर्भिक अस्पतालको विशेष वार्डमा भर्ना भएका खनालाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा लगिएको हो । 

उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।

उनमा ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको नर्भिक अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।