२५ श्रावण २०८३, सोमबार
,
Latest
निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधारः अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना कैलालीका शिवालयमा भक्तजनको घुइँचो लोकतन्त्रको सुदृढीकरणका लागि मातृभाषा पत्रकारिता अपरिहार्यः मन्त्री गौतम दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै विनोदले गाउँ छोडेका छैनन् गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकोमा अड्याइएको काठमाडौं (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन । तर, काठमाडौं उपत्यकाको अधिकांश पुराना शहरका गल्ली–गल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ ।

२०७२ सालको महाभूकम्पले क्षति पु¥याएका ती घरहरुको अझै स्तरोन्नती हुन सकेको छैन । यस्ता घरको कहालीलाग्दो दृश्य हेर्न अन्त जानै पर्दैन । काठमाडौंको न्युरोड, वसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरु टन्नै पाइन्छन् । अचम्मको कुरा, यस्ता जोखिमयुक्त घरमा बस्ने मानिसहरुको जमात कम छैन ।

काठ वा फलामको टेकोले अड्याइएको धराप घरहरुमा बस्नेहरु यो क्षेत्रमा छ्याप्छ्याप्ती छन् । कोहीले यही घरमा बसेर भविष्यका सपना देखेका छन् भने कतिले व्यापारिक केन्द्र बनाएका छन् । कुरा यत्ति हो, कोठाभाडामा बस्ने २४ घण्टा नै जोखिम मोल्छन् र व्यापार गर्नेले १२ घण्टा । क्यामराले कैद गरेका टेकोले अड्याइएका काठमाडौंका बस्तीहरुका घरका तस्बिरहरु ।

न्युज एजेन्सी नेपाल