२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
सोचेअनुसारको काम गर्न सकेको छैनः मन्त्री गुरुङ संसदमा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक संकट समाधानको लागि बाँदर निर्यात गर्न काँग्रेसका उपसभापति गुरुङको प्रस्ताव



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गर्नु भएको छ ।

गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उहाँले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने पनि बताउनु भयो । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला पनि जिज्ञासा पनि राख्नु भयो । उहाँले मुलुक आर्थिक महासंकटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

उपसभापति गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो सर्त रहेको पनि दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले हामी पनि अप्ठयारोमा परेका छौं । हामी निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छौं । मुलुक आर्थिक महासंकटमा परेको छ । हामीले पनि यहाँ यी समस्याको समाधान खोज्नै पर्दछ । तर, समाधानको उपाय खोज्ने क्रममा अहिले हामी आर्थिक महासंकटबाट गुज्रिएको नाममा पूँजीगत खर्च भारी रुपमा कटौति गर्न खोजिएको आभास भएको छ ।’

‘पूँजीगत खर्च कटौति गरेर उभोगतितिर लैजान सकिदैन सभामुख महोदय । संकट मोचनका उपायहरु खोजौं । संकटमोचन गरौं सभामुख महोदय । अष्ट्रेलिया विकसित मुलुक हो । त्यहाँको राष्ट्रिय जनावर कंगारु हो । त्यहाँ आर्थिक व्यवस्थापनको सन्दर्भमा त्यहाँ लाखौं कंगारुहरु मार्दैछ । कंगारुको छाला निर्यात गर्दैछन । र, त्यसको माशु पनि प्रयोगमा ल्याउँदैछ । श्रीलंकाले हालसालै एक लाख बाँदरहरु निर्यात गर्ने निर्णय गरेको छ । सभामुख महोदय हाम्रा गाउँहरुमा पनि अहिले बाँदर आतंक मच्चिएको छ । बाँदर आतंक फैलिएको छ । हामीले भन्दैछौं–खेतबारी बाँझो राख्नु हुँदैन । कृषिमा आधुनिकीकरण गरौं ।’

‘कृषिमा बैज्ञानिकीकरण गरौं । हामी एकातिर भन्दैछौं । अर्कोतर्फ किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ सभामुख महोदय । यसो गरे कसो होला सभामुख महोदय कि हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला । यसो भन्दा कतै इकोसिष्टमको कुरा उठाएर डलरबादीहरु चिच्याउने हुन कि भन्ने मलाई आशंका पनि छ । तैपनि बाँदर आतंकलाई अन्त्य गर्र्नुछ । त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दाखेरी ठिकै हुन्छ जस्तो लाग्दछ सभामुख महोदय ।’

‘संकटमोचनका लागि सत्तापक्ष र प्रतिपक्ष हुँदैन । यो महासंकट हो सभामुख महोदय । त्यसैले म भन्दैछु कि हामीले सत्तापक्ष वा प्रतिपक्ष भएर यस सन्दर्भमा बाँडिनु हुँदैन भन्ने मलाई लाग्दछ । त्यही भएर निवेदन गर्न चाहन्छु सभामुख महोदय कि हामी आफैं बदलिएर काम गर्नु पर्दछ । जब हामी आफैं बदलिएर काम गर्न सक्दैनौं, हामीले समस्याका समाधानहरु पनि गर्न सक्दैनौं । बदलाको भाव लिएर होइन, हामी बदलिएर काम गर्न आवश्यक छ । सत्तापक्ष र प्रतिपक्षको भाव राखेर होइन, कि यो महासंकटमा एक ठाउँमा उभिएर काम गर्नुछ । ’

उपसभापति गुरुङले भ्रष्टाचार नियन्त्रण नगरे जुनसुकै उद्योगधन्दा संचालन गरे पनि नेपाल उभो नलाग्ने आफूले देखेको पटकपटक दोहो¥याउनु भयो ।