२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनाहरु सोचेर तर्सिने होइन, सुध्रिने तयारी गरौँ– बालेन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन० ले फेरि कुनै सम्भावित भवितव्य र प्राकृतिक प्रकोपका विषयमा तयारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

विसं २०७२ वैशाख १२ गते अर्थात आजैका दिन नेपालमा गएको महाभूकम्पका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषयमा हामीले तयारी गरेका नै नगरेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “हाम्रो बिर्सने बानी छ । ८ वर्ष पुरानो महाभूकम्प हामीले बिर्सिसकेका छौँ ।”

महानगरप्रमुख बालेनले भोलि हुनसक्ने अप्ठ्याराहरुमा आत्तिन र पछुताउन नपरोस् भन्नका लागि आजैदेखि सावधान बन्नुपर्ने भन्दै अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्नुपर्ने र सार्वजनिक ठाउँहरु खुल्ला राख्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाडौँलाई तयार पारौँ । जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ ।”