२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु – फोटोफिचर



अ+ अ-

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तानिएको छ ।

गुरुज्युको पल्टनले विगुल बजाएर हर्षबढाई गरी रथ तान्न शुरु गरिएको हो । आज ललितपुरको पुल्चोकबाट मंगलबजारको गाःबहालसम्म रथ तानिएको छ । पुल्चोकमा रथारोहण गराएपछि शुरु भएको मत्स्येन्द्रनाथको जात्रा जावलाखेलमा भोटो देखाई मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ ।

रातो मच्छिन्द्रनाथको जात्रा तीन दिन अघिबाटै शुरु भएपनि आजबाट रथ तानिएको हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ । जात्रा ललितपुरका नेवार समुदायले एक महिना भर मनाउँछन् । यस जात्राको सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद् बताउँछन् ।

पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यस जात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असार शुक्ल चौथीमा समाप्त हुन्छ ।