४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु

एपिएफले खुमलटारलाई हरायो

एपिएफले खुमलटारलाई हरायो
अ+ अ-

काठमाडौँ । विभागीय टोली एपिएफ क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमवार खुमलटार युथ क्लवलाई हराएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न १२ औं चरणको पहिलो खेलमा एपिएफले खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पाँचौं जित निकालेको हो । यस जितसँगै एपिएफ शहीद स्मारक ए डिभिजन लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । एपिएफले १२ खेलबाट १७ अंक बनाएको छ भने जारी लिगमा सातौं पराजय भोगेको खुमलटार १३ अंक सहित ११ औं स्थानमा छ ।

खुमलटार बिरुद्ध शुरुवातबाट नै आक्रमक देखिएको एपिएफले खेलको २५औं मिनेटमा गोलको खाता खोलेको थियो । बुद्धिमान राईले उपलब्ध गराएको पासलाई अब्डोउ रमानीले गोल गर्दै एपिएफलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा खुमलटार खेलमा फर्किनलाई निकै प्रयास गरेपनि सफल हुन सकेन ।

दोस्रो हाफमा अलि सुधारिएको खेल देखाउने प्रयास गरेपनि खुमलटार खेलमा फर्किन असफल भयो । पहिलो हाफमा लिएको अग्रता पछि उच्च मनोबलका साथ खेलेको एपिएफले दोस्रो हाफमा दोस्रो गोल थप्न सफल भयो । ७० औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खुमलटारका गोलकिपर राजकुमार लिम्बूले पेनाल्टी बक्स भन्दा अगाडि आएर नियन्त्रण गर्ने प्रयास गरेको बललाई खोस्दै अर्माण्ड बिडोमले टोलीका लागि दोस्रो गोल गर्न सफल भएका हुन् । बाँकी समयमा खुमलटार खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।

लिगमा मंगलवार तीन खेल हुनेछन् । एन्फा मुख्यालयमा हुने खेलमा मनाङ मस्र्याङ्दी क्लवले विभागीय टोली नेपाल पुलिस क्लवसँग प्रतिष्पर्धा गर्नेछ । यस्तै दशरथ रंगशालामा पहिलो खेल फ्रेण्ड्सले न्युरोड टिम एनआरटी (एनआरटी) बीच हुनेछ भने दोस्रो खेल जावलाखेल युथ क्लव र चर्च ब्वाईज क्लवबीच प्रतिष्पर्धा हुनेछ ।