• १० भाद्र २०८१, सोमबार
  •      Mon Aug 26 2024
  •   Unicode
Logo

तनहुँ १ मा ३५ हजार मत गन्दा कसको कति ?



तनहुँ । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

हालसम्म ३५०३६ मतगणना हुँदा वाग्लेले १७९०२ मत प्राप्त गरेका छन् । साथै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १०२२८ मत र नेकपा (एमाले)का सर्वेन्द्र खनालले ५८६७ मत प्राप्त गरेका छन् ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।