५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रममन्त्री भण्डारी र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच श्रम मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

मन्त्री भण्डारीको सचिवालयका अनुसार भेटमा नेपाल र अमेरिका बीचको सम्बन्ध र मित्रताको विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भण्डारीले आफू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा आए पश्चात आन्तरिक एवं वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने सन्दर्भमा प्राप्त अवसरहरुको अधिकतम उपयोग गर्दै चुनौतीहरुलाई कमशः न्यूनीकरण गर्न नेतृत्व लिएको बताउनुभयो ।

उहाँले अमेरिकी सरकारका तर्फबाट युएसएआईडी, एमसीसी लगायत परियोजनामार्फत नेपालको विभिन्न क्षेत्रमा प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

अमेरिकाको श्रम विभागले सार्वजनिक गरेको प्रतिवेदनको सन्दर्भमा नेपाल सरकार सबै किसिमका बालश्रम निरुपण गर्न प्रतिबद्ध रहेको र उक्त सन्दर्भमा नेपालले आफ्नो प्रतिवेदनसमेत अमेरिकाको श्रम विभागमा प्रेषित गरेको विषय श्रममन्त्री भण्डारीले गराउनुभएको थियो ।

रोजगारीको क्षेत्रमा देखा परेका विविध खालका समस्या, चुनौतस्, ठगीलगायत विषयहरुलाई न्यूनीकरण गर्न आफू निरन्तररूपमा लागिरहेको बताउँदै मन्त्री भण्डारीले सीपयुक्त जनशक्ति उत्पादन गर्ने र विशिष्टीकृत सीपलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने विषय आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।

भेटमा राजदुत थम्पसनले नेपाल र अमेरिकाबीच विविध क्षेत्रमा भएको सहकार्य प्रशंसनीय रहेको बताउँदै एमसीसी परियोजना सहजरुपमा अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो। युएसएआईडी कार्यक्रमको समयावधि थप भएको जानकारी गराउँदै उहाँले वैदेशिक रोजगारीका क्रममा देखा पर्ने मानव तस्करीलगायतका समस्याहरु समाधानका लागि नेपालले चाल्ने पहलकदमीमा अमेरिका सरकारको सदैव सहयोग रहने बताउनुभयो ।

राजदुत थम्पसनले वैदेशिक रोजगारीमा नेपाली श्रमिकहरुले प्रदर्शन गरेको अनुशासन एवं इमान्दारीको उच्च प्रशंसा गर्नुभएको थियो।