• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   एयरपोर्टमा कंगना रनावतमाथि हातपात ★   विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध ★   लोकतन्त्र सुदृढ हुन ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक: राष्ट्रपति ★   यार्सागुम्बा सङ्कलन: राज्यकोषमा एक करोड २५ लाख राजस्व ★   दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ: प्रधानमन्त्री दाहाल ★   डेलिभरी’मा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ: प्रधानमन्त्री ★   मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस ★   ‘विकास पुरस्कार –२०८१’ बाट सांसद डा. दवेकोटा सम्मानित ★   ‘हार्ने डरले मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट’ ★   शनिबार भक्तपुरमा वः फेस्टिबल, नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्य

धाँधलीको कुनै प्रमाण बाहिर नआओस् भनेर मतगणनास्थलमा लाइभ रोकियो– सिके राउत



फाईल फोटो

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बारा निर्वाचन क्षेत्र नं १ मा भएको उपनिर्वाचनको मतगणनालाई लाइभ गर्न नदिइएकामा आक्रोश व्यक्त गर्नुभएको छ ।

उहाँले मतदानका दिन भएका धाँधलीका कुनै प्रमाण बाहिर नआओस् भनेर मतगणना स्थलको लाइभ गर्ने पार्टीको मागलाई बेवास्ता गरिएको आरोप लगाउनुभयो ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, “पारदर्शिताबाट डर किन ? मतगणना स्थलको लाइभ गरिनु पर्ने हाम्रो मागको विपरीत मोबाइल फोनसमेत निषेध गरी मतगणना गर्नुको रहस्य के ? प्रहरी, प्रशासन र निर्वाचन अधिकृतको मिलेमतो हिजो पनि बूथहरूमा देखिएकै हो, मतपत्र बाहिर छयाप्छ्याप्ती भेटिएकै थिए, अब मतपेटिकाको सील पनि तोडिएको छ, अनि गोप्यरूपले गणना गरिँदै छ।”

लाइभ त अचेल एउटा मोबाइलबाट पनि जो सुकैले गर्न सक्छन् भन्दै उहाँले त्यहाँ उल्टा लाइभ गरिनुको साटो मोबाइल पनि निषेध गरिएको बताउनुभयो ।

फेसबुकमा धाँधली रोक्न खोज्दा भौतिक आक्रमण गरिएका जनमतका कार्यकर्ताको फोटोसमेत पोस्ट गर्दै उहाँले लेख्नुभएको छ, “त्यहाँ भएका मतगणना प्रतिनिधिहरूलाई त हाम्रा बूथ प्रतिनिधिहरूलाई डरत्रास देखाएर जसरी चुप गराइएका थिए, त्यसरी नै गराउने त होला। ”