२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कप: पानीले खेल रद्द, नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत नेपाल र साउदी अरबबीचको खेल रद्द भएको छ । वर्षाका कारण खेल रद्द भएसँगै दुई टीमले १/१ अंक बाँडेका छन् । यो सँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

समूह ए को शीर्ष स्थानमा रहेको नेपालले दुई खेल र एक बराबरीसहित ५ अंक बटुल्दै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले आफ्नो अन्तिम खेल कतारसँग खेल्न बाँकी छ ।

अन्तिम खेलबाट समूह विजेता को हुने भन्ने टुंगो लाग्नेछ । नेपालले कतारसँग जित हासिल गरेको खण्डमा समूह विजेता बन्नेछ र अर्को समूहको उपविजेतासँग सेमिफाइनल खेल्नेछ । यदि नेपालले कतारसँगको अन्तिम खेल हार्यो भने र दोस्रो स्थानमा रहेको ओमानले साउदीअरबसँगको अन्तिम खेल जित्यो भने नेपाल उपविजेता बन्नेछ र अर्को समूहको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

आज बिहानैदेखिको वर्षाका कारण टस हुन सकेको थिएन । दिउँसो २ बजेसम्म टस भए खेल सम्भव हुने भए पनि वर्षा रोकिने छाँट नदेखिएपछि खेल स्थगित गरिएको हो ।