२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कप: पानीले खेल रद्द, नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत नेपाल र साउदी अरबबीचको खेल रद्द भएको छ । वर्षाका कारण खेल रद्द भएसँगै दुई टीमले १/१ अंक बाँडेका छन् । यो सँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

समूह ए को शीर्ष स्थानमा रहेको नेपालले दुई खेल र एक बराबरीसहित ५ अंक बटुल्दै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले आफ्नो अन्तिम खेल कतारसँग खेल्न बाँकी छ ।

अन्तिम खेलबाट समूह विजेता को हुने भन्ने टुंगो लाग्नेछ । नेपालले कतारसँग जित हासिल गरेको खण्डमा समूह विजेता बन्नेछ र अर्को समूहको उपविजेतासँग सेमिफाइनल खेल्नेछ । यदि नेपालले कतारसँगको अन्तिम खेल हार्यो भने र दोस्रो स्थानमा रहेको ओमानले साउदीअरबसँगको अन्तिम खेल जित्यो भने नेपाल उपविजेता बन्नेछ र अर्को समूहको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

आज बिहानैदेखिको वर्षाका कारण टस हुन सकेको थिएन । दिउँसो २ बजेसम्म टस भए खेल सम्भव हुने भए पनि वर्षा रोकिने छाँट नदेखिएपछि खेल स्थगित गरिएको हो ।