४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु

अछामसहित सुदूरका गाउँगाउँमा पुतला नाचको रौनक

अछामसहित सुदूरका गाउँगाउँमा पुतला नाचको रौनक
अ+ अ-

अछाम । यहाँका गाउँघरमा अहिले पुतला नाच (पर्व) सुरु भएको छ । अछामसहित यहाँका अन्य पहाडी जिल्लाका महिला तथा किशोरीहरु यस नाचमा सहभागी भएका छन् । यहाँका गाउँघरमा पुतला नाच खेल्ने तथा डेउडा खेल्न र पर्व मनाउने गरिएको छ । पुतला नाचले यहाँका गाउँघरमा निकै रौनकता बढाएको स्थानीयवासीहरु बताउँछन् ।

सुदूरपश्चिम प्रदेशलाई चिनाउने विभिन्न कला, संस्कृतिमध्ये पुतला पनि एक मौलिक कला, संस्कृति भएकाले यहाँका किशोरी तथा महिला पुतला खेलमा रमाएका अछामको साँफेबगर नगरपालिका–१३ का वडाअध्यक्ष रुपबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “पुतला खेल हाम्रो मौलिक पर्व हो, वर्षको एक पटक खेल्न पाइने भएकाले अहिले पुतला खेल्नमा सबै महिला दिदीबहिनीहरु व्यस्त रहने गरेका छन् ।” सुदूरपश्चिमका डोटी, अछाम, बझाङ तथा बाजुरालगायतका गाउँमा समेत अहिले पुतला खेल ९पर्व० सुरु भएको छ ।

परम्परागत रुपमा चल्दै आएको पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वका रुपमा प्रचारप्रसार हुँदै आएको अछामको मेल्लेख गाउँपालिका–१ रिसिदहकी स्थानीय दुर्गा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पुतला नाच खेल्दै छोरीले घरमा भोगेका पीडा तथा माइती घरमा विवाह नभएका युवतीले भोगेका पीडाका बारेमा बनाइएका गीत गाइने गरिन्छ । पुरानो पुस्तासँगै यो नाच बिस्तारै हराउने चिन्ता बढेको यहाँका महिला बताउँछन् ।

पछिल्लो समय मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा छिटपुट रुपमा यो नाच प्रदर्शन गर्ने गरिएको रामारोशन गाउँपालिका–५ का वडाअध्यक्ष केशरबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो कला संस्कृति बिस्तारै लोप हुँदै गइरहेको छ, हामीले कला, संस्कृतिको जगेर्ना गर्नका लागि विभिन्न कार्यक्रम अघि सारेका छौँ, आफ्नो संस्कृति बचाउनुपर्छ ।” पुतला नाच सुदूरपश्चिम चिनाउने नाच (पर्व ) हो, यसलाइ जगेर्ना गर्न जरुरी रहेको उहाँको भनाइ छ । नारीका मार्मिक पीरव्यथा झल्काउने यो पुतला नाच गाउँघरमा नारीले फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रुपमा पङ्क्तिबद्ध भएर विरहका गीत गाउँदै नाच्दा सुदूरपश्चिमका पहाडी बस्तीमा बेग्लै रौनकता आउने गर्दछ ।

पछिल्लो समयमा भने नयाँ पुस्तामा यो हस्तान्तरण हुन नसकेको जनाउँदै स्थानीयवासीमा चिन्ता व्यक्त गर्न थालेका छन् । पुरानो पुस्ताले नयाँ पुस्तालाई नसिकाउनु र नयाँ पुस्ताले सिक्न नचाहनु पनि मुख्य कारण भएको स्थानीय बूढापाकाहरु बताउँछन् । पुराना पुस्ताले नयाँ पुस्तालाई पुतलाबारे नसिकाउँदा र जानकारी नदिँदा यो नाच पछिल्लो समय बिस्तारै लोप हुँदै गएको छ र पुतला नाचको संरक्षण गरिनु अर्का स्थानीयवासी दिनेश केसीको भनाइ छ । यस पर्वको वैशाखको १५ गतेसम्म पुतला धुमधामका साथ मनाइने स्थानीयवासी बताउँछन् ।

यहाँको परम्पराअनुसार पुस १५ गते वर्षभरिको लामो रातका रुपमा लिई रातभरि गाउँखाने कथा भन्ने, जाग्राम बस्ने, तरुल, सकरखण्ड खाने रातका रुपमा लिने संस्कृति रहेको छ । त्यही दिनको रातिदेखि पुतला पर्वको सुरुवात हुने गरेको रामारोशन–५ का स्थानीय दलबहादुर रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार पुतला पर्वलाई यहाँ ठाउँअनुसार फरक–फरक नामले भन्ने गरिन्छ । कुनै ठाउँमा पुतला तथा कुनै ठाउँमा रनपुतला भन्ने चलन रहेको उहाँको भनाइ छ ।

परापूर्वकालदेखि नै चलिआएकाले कतिपय ठाउँमा संरक्षणका लागि मठमन्दिर, पुराना धारा, पाटीपौवा नजिकै पुतला सेलाउने गर्दछन् । यो पर्व सयौँ वर्षभन्दा अगाडिदेखि सुरुआत भएको पुतला पर्वमा विवाह भएका नभएका छोरीचेली राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतली जस्तै भएर सजिने र गाउँगाउँमा पुतली नाचे जस्तै गरी डेउडालगायत खेल खेल्ने पर्व भएको स्थानीयवासी बताउँछन् । विवाह गरेर पराइ घर गएकी छोरीबहिनी ९महिला० माघी पर्व र बिसौँ पर्वका अवसरमा समयमै आफ्नो माइतीघरमा आएर केही दिन अगाडि पुतला नाचको तयारी गर्ने र पर्वको दिनमा सबै दर्शकलाई देखाउने गरी प्रस्तुत गर्ने गर्दछन् । सुदूरपश्चिमेली डेउडा, ठाँडी भाका, हुड्केली, छलिया, भुवा, पुतलालाई सुदूरकोे मुख्य संस्कृतिका रुपमा हेरिँदै आएको छ ।

परम्परागत रूपमा चल्दै आएको पुतला पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वका रुपमा प्रचारप्रसार हुँदै आएको छ । गाउँगाउँमा आपसी सद्भावको सेतु यसै पर्वले दोहोर्‍याएको छ । सुदूरपश्चिमका कला, संस्कृतिमा मौलिक वेशभूषा लुकेका छन् । यस्ता संस्कृतिको जोगाउनका लागि भए पनि पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अगाल्न जरुरी छ । साथै स्थानीय सरकारले कलाको संरक्षणमा ध्यान दिनुपर्ने यहाँका स्थानीयको माग रहेको छ । रासस