६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल बिच १०% सम्म छुट सम्झौता



अ+ अ-

काठमाडौं ।सनराइज बैंकका ग्राहकले भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैकले ग्राहकलाई थप सुविधा दिन इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार अब सनराइज बैंकका सबै ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यको उपचार गराउँदा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवासुविधामा अधिकतम १० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका हुन्।

योसँगै सनराइजका बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्च लगायतमा १० प्रतिशतसम्म छुट पाइनेछ। त्यस्तै सम्पूर्ण मेडिकल ‘अपोइन्टमेन्ट’ को समन्वय, विमानस्थलमा ल्याउने–पुर्‍याउने लगायत अन्य सेवा तथा सुविधामा अपोलो हस्पिटल अन्तर्गत भारतभरि रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट पाइने बैंकले जनाएको छ।

यो योजनाले सबै ग्राहकलाई लाभान्वित बनाउने आशा बैंकको छ।

भारतमा उपचारका लागि जाने आम नेपालीका लागि लक्षित गरेर सनराइजले छुट्टै हेल्थ-केयर कार्ड पनि सञ्चालनमा ल्याइसकेको छ। त्यस्तै अपोलो लगायत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सनराइज स्वास्थ्य योजना अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ।