४ भाद्र २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक बुधबार



अ+ अ-

काठमाडौं । नेपाल र संयुक्त अधिराज्य बेलायत द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को छैटौँ बैठक यही वैशाख १३ गते ९२६ अप्रिल, २०२३० मा लण्डनमा हुने भएको छ ।

बैठकमा विकास साझेदारी र जलवायु सहयोग, व्यापार तथा लगानी, शिक्षा, पर्यटन र दुई देशका जनताबीचको सम्बन्ध, ब्रिटिश गोर्खालगायत नेपाल–बेलायत संलग्नताका विविध क्षेत्रको समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुहुनेछ भने प्रतिनिधिमण्डलमा नेपाल सरकारका वरिष्ठ अधिकारीसमेत रहनुहुनेछ ।

यो वर्ष नेपाल र बेलायतबीचको मैत्रीसन्धिको शताब्दी पूरा भएको छ । भ्रमणका दौरान परराष्ट्र सचिव पौड्याल अन्य औपचारिक भेटघाट तथा कार्यक्रममा पनि संलग्न हुनुहुने मन्त्रालयले जनाएको छ । रासस