१० मंसिर २०८१, सोमबार
,
Latest
राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमाः महासचिव पोखरेल स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रकट गर्न पूर्वराष्ट्रपति भण्डारी बत्तीसपुतलीमा ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ पर्थ टेस्टः भारतले अस्ट्रेलियालाई २९५ रनले हरायो विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम जसपा नेपालले आइटी सेल गठन गर्ने बीआरआई अन्तर्गत ऋण लिनै नहुने काँग्रेसको अडान आपत्तिजनक छः झलनाथ खनाल दृष्टिबिहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य चलचित्र ‘कान्तारा’का स्टार कास्टले भरिएको बस पल्टियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपातिरै फर्किनेबारे छलफल भइरहेको छ– प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल भइरहेको बताउनुभएको छ ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी)ले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विषयक चार गोष्ठीमा उहाँले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनुभयो ।

जो कम्युनिष्ट पार्टीको एकता वा जनवादी केन्द्रियताको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तको विरुद्ध छन् उनीहरू एकताको पक्षमा छैनन् भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “तर, हामीहरू अहिले पनि एकताकै पक्षमा छौँ ।”

राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने प्रचण्डले बताउनु भयो ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूहरुसहित हामीहरूसहित थुप्रै नेताहरूसँग भइरहेको छलफलमा अब नेकपातिरै फर्किनुपर्ने कुरा भएको भएको उहाँको भनाइ थियो । “कम्युनिष्ट पार्टीमा नेतृत्वलाई कि (चाबी) भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अगिंकार गर्‍यो भने ठूलो क्षति हुन्छ”, उहाँले भन्नुभयो ।

नेकपा गठनको औपचारिक प्रस्ताव आफूले गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “अहिले पनि कम्युनिष्टहरू एक हुन जरुरी छ, अहिले पनि देशभक्त कम्युनिष्टहरूलाई भन्न चाहन्छु राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका निम्ति हामी एक हुन जरुरी छ । आउनुस् बसौं सँगै विनाआग्रह र पूर्वाग्रह समीक्षा गरौं । विचारधारात्मक रूपमा समीक्षा र आत्मसमीक्षा गरौँ । राष्ट्रियको हितमा एकताको नयाँ पहल गरौँ । त्यसले मात्रै कम्युनिष्ट आन्दोलनमा इमान्दार हुनसक्छौँ ।”

केही दिनभित्रै समाजवादी मोर्चा घोषणा गरेर सबैलाई नेकपातिर फर्किन अपिल गर्ने उहाँको भनाइ थियो ।