२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपातिरै फर्किनेबारे छलफल भइरहेको छ– प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल भइरहेको बताउनुभएको छ ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी)ले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विषयक चार गोष्ठीमा उहाँले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनुभयो ।

जो कम्युनिष्ट पार्टीको एकता वा जनवादी केन्द्रियताको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तको विरुद्ध छन् उनीहरू एकताको पक्षमा छैनन् भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “तर, हामीहरू अहिले पनि एकताकै पक्षमा छौँ ।”

राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने प्रचण्डले बताउनु भयो ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूहरुसहित हामीहरूसहित थुप्रै नेताहरूसँग भइरहेको छलफलमा अब नेकपातिरै फर्किनुपर्ने कुरा भएको भएको उहाँको भनाइ थियो । “कम्युनिष्ट पार्टीमा नेतृत्वलाई कि (चाबी) भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अगिंकार गर्‍यो भने ठूलो क्षति हुन्छ”, उहाँले भन्नुभयो ।

नेकपा गठनको औपचारिक प्रस्ताव आफूले गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “अहिले पनि कम्युनिष्टहरू एक हुन जरुरी छ, अहिले पनि देशभक्त कम्युनिष्टहरूलाई भन्न चाहन्छु राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका निम्ति हामी एक हुन जरुरी छ । आउनुस् बसौं सँगै विनाआग्रह र पूर्वाग्रह समीक्षा गरौं । विचारधारात्मक रूपमा समीक्षा र आत्मसमीक्षा गरौँ । राष्ट्रियको हितमा एकताको नयाँ पहल गरौँ । त्यसले मात्रै कम्युनिष्ट आन्दोलनमा इमान्दार हुनसक्छौँ ।”

केही दिनभित्रै समाजवादी मोर्चा घोषणा गरेर सबैलाई नेकपातिर फर्किन अपिल गर्ने उहाँको भनाइ थियो ।