• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस ★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा

नेकपातिरै फर्किनेबारे छलफल भइरहेको छ– प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल भइरहेको बताउनुभएको छ ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी)ले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विषयक चार गोष्ठीमा उहाँले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनुभयो ।

जो कम्युनिष्ट पार्टीको एकता वा जनवादी केन्द्रियताको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तको विरुद्ध छन् उनीहरू एकताको पक्षमा छैनन् भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “तर, हामीहरू अहिले पनि एकताकै पक्षमा छौँ ।”

राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने प्रचण्डले बताउनु भयो ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूहरुसहित हामीहरूसहित थुप्रै नेताहरूसँग भइरहेको छलफलमा अब नेकपातिरै फर्किनुपर्ने कुरा भएको भएको उहाँको भनाइ थियो । “कम्युनिष्ट पार्टीमा नेतृत्वलाई कि (चाबी) भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अगिंकार गर्‍यो भने ठूलो क्षति हुन्छ”, उहाँले भन्नुभयो ।

नेकपा गठनको औपचारिक प्रस्ताव आफूले गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “अहिले पनि कम्युनिष्टहरू एक हुन जरुरी छ, अहिले पनि देशभक्त कम्युनिष्टहरूलाई भन्न चाहन्छु राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका निम्ति हामी एक हुन जरुरी छ । आउनुस् बसौं सँगै विनाआग्रह र पूर्वाग्रह समीक्षा गरौं । विचारधारात्मक रूपमा समीक्षा र आत्मसमीक्षा गरौँ । राष्ट्रियको हितमा एकताको नयाँ पहल गरौँ । त्यसले मात्रै कम्युनिष्ट आन्दोलनमा इमान्दार हुनसक्छौँ ।”

केही दिनभित्रै समाजवादी मोर्चा घोषणा गरेर सबैलाई नेकपातिर फर्किन अपिल गर्ने उहाँको भनाइ थियो ।