२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप: युएईका वृत्यको पनि शतक



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्धयुएईका युवा ब्याटर वृत्य अरविन्दले पनि शतक प्रहार गरेका छन् ।

टियु मैदानमा जारी खेलमा वृत्यले ९६ बलमा आफ्नो शतक पूरा गरेका हुन् । उनले १०४ बलमा १३ चौका र १ छक्कासहित १ सय ६ रनमा क्रिजमा छन् ।

उनले यसअघि भएको कुवेतविरुद्धको खेलमा १ सय ४७ बलमा १७ चौका र ९ छक्कासहित १ सय ८५ रन बनाएर आउट भएका थिए ।

यसअघि युएईका कप्तान मोहम्मद वासिमले पनि चौका र छक्को वर्षा गराउँदै ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनमा आउट भएका थिए ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ४० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ४० रन बनाएको छ ।