२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप: युएईका वृत्यको पनि शतक



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्धयुएईका युवा ब्याटर वृत्य अरविन्दले पनि शतक प्रहार गरेका छन् ।

टियु मैदानमा जारी खेलमा वृत्यले ९६ बलमा आफ्नो शतक पूरा गरेका हुन् । उनले १०४ बलमा १३ चौका र १ छक्कासहित १ सय ६ रनमा क्रिजमा छन् ।

उनले यसअघि भएको कुवेतविरुद्धको खेलमा १ सय ४७ बलमा १७ चौका र ९ छक्कासहित १ सय ८५ रन बनाएर आउट भएका थिए ।

यसअघि युएईका कप्तान मोहम्मद वासिमले पनि चौका र छक्को वर्षा गराउँदै ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनमा आउट भएका थिए ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ४० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ४० रन बनाएको छ ।