२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप: युएईका कप्तान वासिमले १ सय ६० रन बनाए



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्ध युएईका कप्तान मोहम्मद वासिमले चौका र छक्को वर्षा गराउँदै १ सय ६० रन बनाएका छन् ।

टियु क्रिकेट मैदानमा जारी खेलमा वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रन बनाएर आउट भएका हुन् ।

वासिमले सिंगापुरका आदित्य भर्गवको २८ औं ओभरको पाँचौं बलमा आउट भएपछि दोहोरो शतकको अवसर गुमाएका थिए । वासिमले ३४ बलमा अर्धशतक पूरा गरे भने ६२ बलमा शतक पूरा गरे । उनले ७८ बलमा १ सय ५० रन पूरा गरेका थिए ।

वृत्य अरविन्द र वासिमले दोस्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गरेका थिए ।

टियु क्रिकेटम मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ३३ ओभरमा ४ विकेट गुमाउँदै ३०३ रन बनाएको छ ।