११ श्रावण २०८३, सोमबार
,
Latest
‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप: युएईका कप्तान वासिमले १ सय ६० रन बनाए



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्ध युएईका कप्तान मोहम्मद वासिमले चौका र छक्को वर्षा गराउँदै १ सय ६० रन बनाएका छन् ।

टियु क्रिकेट मैदानमा जारी खेलमा वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रन बनाएर आउट भएका हुन् ।

वासिमले सिंगापुरका आदित्य भर्गवको २८ औं ओभरको पाँचौं बलमा आउट भएपछि दोहोरो शतकको अवसर गुमाएका थिए । वासिमले ३४ बलमा अर्धशतक पूरा गरे भने ६२ बलमा शतक पूरा गरे । उनले ७८ बलमा १ सय ५० रन पूरा गरेका थिए ।

वृत्य अरविन्द र वासिमले दोस्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गरेका थिए ।

टियु क्रिकेटम मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ३३ ओभरमा ४ विकेट गुमाउँदै ३०३ रन बनाएको छ ।