२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा–२: जसपा र जनमतका कार्यकर्ताबीच विवाद हुँदा केहीबेर मतदान रोकियो



अ+ अ-

बारा । बारा–२ मा जारी उपनिर्वाचनमा महागढीमाई नगरपालिकाको इनर्वा बुथमा जसपा र जनमतका कार्यकर्ताबीच झगडा हुँदा केहीबेर मतदान रोकिएको छ ।

महागढीमाईको इनर्वा बुथमा जसपाका कार्यकर्ताहरूले आफ्ना समर्थकलाई मात्र मतदान गर्न भित्र छिराएको भन्दै जनमतका कार्यकर्ताले विरोध गरेपछि केहीबेर मतदानमा अवरोध भएको थियो ।

दुई पार्टिका कार्यकर्ताहरूबिच विवाद हुँदा हात हालाहाल समेत भएकोमा अहिले शान्तिपूर्णरूपमा मतदान भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । ‘त्यहाँ थप सुरक्षाकर्मी पठाएका छौं । मतदान सुरू भइसकेको छ ’, उनले भने ।