५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा सूचीकृत यी अस्पतालमा कोभिड १९ बिरामीहरुको उपचार नि:शुल्क, हेर्नुहोस् कुन-कुन अस्पताल हुन् ?



अ+ अ-

काठमाडौं । सबै सरकारी अस्पतालहरु र सरकारसँग सम्झौता गरेका ८६ वटा निजी अस्पतालहरुले कोभिड १९ बिरामीहरुलाई नि:शुल्क उपचार दिने भएको छ । यी सूचीकृत अस्पतालहरुमा कोभिड १९ का बिरामीहरुले उपचार गराउँदा अबकुनै शुल्क तिर्न नपर्ने भएको हो । 

आफ्नो नजिकैको अथवा आफुलाई सहज हुने कोभिड १९ सूचिकृत अस्पतालमा गई निशुल्क उपचार गर्न पाइनेछ । ८६ वटा निजी अस्पतालहरु मध्य कुन अस्पतालमा उपचार गरिन्छ भन्ने बारे जानकारी राख्न यी वेभसाइट हेर्न सकिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभसाइट www/mohp.gov.np/en र राष्टिर्य स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको वेभसाइट www.nhiecc.gov.np मा गएर हेर्न सकिन्छ । 

यदि त्यस्ता सूचिकृत अस्पतालमा उपचार गर्दा शुल्क लिए स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यलय, प्रदेशका सम्बन्धित निकायहरु अथवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सप्रमाण उजुरी गर्न सरकारले अनुरोध गरेको छ । साथै कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डहरु पालना गरौँ । 
मापदण्डहरु :

  • भौतिक दुरी कायम गरौँ । 
  • मास्क लगाऔँ ।
  • बेलाबेलामा साबुन पानीले हात धोऔँ ।