२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत (पूर्ण पाठसहित)



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ ।

सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

एमाले नेता अधिकारी नेतृत्वको सरकारबाट चैत १० गते माओवादी बाहिरिएको थियो। संविधानमा सरकारमा सामेल दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

मुख्यमन्त्री अधिकारीले आफूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव राख्ने पत्र बिहीबार नै प्रदेश सभा सचिवालयलाई पठाउनुभएको थियो । सोही अनुसार शनिबारको प्रदेश सभाको बैठकमा कार्यसूची तयार छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ९समामुखसहित० ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन्।

माननीय मुख्यमन्त्रीज्यूको विश्_वासको मत सम्बन्धी प्रस्ताव वक्तव्य २०८०-०१-०९