४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

ज्येष्ठ नागरिकलाई कृत्रिम दाँत प्रदान

ज्येष्ठ नागरिकलाई कृत्रिम दाँत प्रदान
अ+ अ-

रामपुर (पाल्पा) । दाँतको समस्याले पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारीलाई सधैँ पिरोल्ने गथ्र्यो । दाँत झरेपछि अनुहारमा चाउरीपन आउने, मन लागेको खानेकुरा खान नपाउने समस्या झेल्नुभएका तिवारी अहिले कृत्रिम दाँत राखेपछि उहाँ फूर्तिलो देखिनुहुन्छ । आफ्नै गाउँमा चलेको दन्तरोग विशेषज्ञ निशुल्क शिविरमा दाँत जाँच तथा नयाँ दाँत राख्ने सुबिधा पाएपछि उहाँ खुशी हुनुुहुन्छ ।

“दाँत नहुदा धेरै समस्या भोग्नुपर्ने, मन लागेको खानेकुरा खान नपाइने, अनुहार चाउरी पर्ने, अहिले नयाँ दाँत राखेपछि छुट्टै आनन्द लागेको छ, अनुहार नै फेरिएको जस्तो अनुभुती पाएको छु” उहाँले खुशी हुदै भन्नुभयो ।

पाल्पाको रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले ट्राभल डेन्टिष्ट्री नेपालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी निशुल्क कृत्रिम दन्त शिविर आयोजना गरेपछि दाँत नभएका धेरै जना ज्येष्ठ नागरिकले नयाँ दाँत पाएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका १ बस्ने तुलसा खनाल रामपुरमा निशुल्क कृत्रिम दाँत राख्ने शिविर आयोजना गरी नयाँ दाँत राख्न पाएपछि उहाँ उत्साहित हुनुहुन्छ । धेरै टाढाबाट रामपुरमा आउनुभएकी उहाँ नयाँ दाँत राखेपछि आफ्नो उमेर नै घटेको जस्तो अनुभुती भएको बताउनुहुन्छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आज शिविरमा सहभागीलाई दाँत हस्तातन्तरण गर्नुहुदै यसले नयाँ दाँत राखेपछि यसको सुरक्षा सही किसिमबाट गर्नुपर्ने र सुरुमा केही अप्ठ्यारो अनुभुती भएपनि नियमित प्रयोग गर्दै गएपछि सहज बन्ने बताउनुभयो । नयाँ दाँत राख्न आर्थिक हिसावले धेरै महँगो पर्ने हुदा ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै संस्थाले निशुल्क शिविर आयोजना गरी कृत्रिम दाँत उपलब्ध गराएको कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारी बताउनुहुन्छ । नयाँ दात राखेपछि ज्येष्ठ नागरिक खुशी भएका छन् ।

एक महिनाको अवधीमा ६० जनाको नयाँ दाँत राख्ने प्रक्रिया सकिएको ट्राभल डेन्टिष्ट्री नेपालका अध्यक्ष डाक्टर शंकर श्रेष्ठलले बताउनुभएको छ । उहाँका अनुसार निकाल्न र राख्न मिल्ने खालको पूरै दाँत नभएकालाई राखिएको छ । नयाँ दाँत राख्न डराउने, छाला, हड्डीसम्बन्धी समस्या भएका बिरामीलाई उपचार गरेर दाँतको महत्वबारे परामर्श लिएर कृत्रिम दाँत राख्न उप्रेरणा गरेको डाक्टर श्रेष्ठको भनाई छ ।

यहाँ चलेको शिविरमा २१ जना दन्त रोग विशेषज्ञ डाक्टर सहित ३१ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको हो । एक जनाको पूरै दाँत राखेको न्युनतम रु ३० हजार देखि रु ४० हजार सम्म रकम राख्ने गरेको दन्त चिकित्सक बताउँछन् । आर्थिक समस्याका कारण दाँत राख्न चाहेर पनि कतिपयले दाँत नै नराखिकन बस्ने गरेको पाइन्छ ।

दाँत नै स्वास्थ्यको पहिलो खुड्किलो हो, दाँत भएन भने खानपानमा समस्या पर्ने, अनुहार चाउरिपन पर्ने, खानेकुरा चपाउन नसक्दा पाचन प्रक्रिया नभएपछि शरीर स्वस्थ नरहने भएकाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै कृत्रिम दाँत उपलब्ध गराइएको कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहकार सन्दिप राना बताउनुहुन्छ ।

“दाँत नहुने समस्या युवावर्गमा नभई धेरै ज्येष्ठ नागरिकमा हुने भएकाले ढल्दो उमेरमा खानेकुरा मज्जाले चपाएर खान नसक्दा शरीरमा समस्या पर्ने गरेको छ” उहाँले भन्नुभयो,–“ गाउँमा दाँतको नियमित उपचार गर्ने बानी नहुनु अर्कोतर्फ आर्थिक समस्याले गर्दा विभिन्न समस्या हुने, दन्तरोग विशेषज्ञ सेवा पाउनै मुस्किलको अवस्था पनि छ, यसरी शिविरमार्फत धेरैले सहज रुपमा सेवा लिन पाउनुभएको छ” ।

शिविरमा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका लगायतका नागरिकले सेवा लिएका छन् । यस संस्थाले स्थापनाकालदेखि रामपुर क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कोभिड १९ को समयमा स्वास्थ्य सुरक्षा सामग्री, बाँदर आतंक समस्या समाधान गर्न बाँदर धपाउने यन्त्र वितरण, कृषकलाई तालिम, एम्बुलेन्स सेवा, रामपुर बेझाडमा सार्वजनिक विद्या मन्दिर पुस्ताकालय सञ्चालन लगायतका कामहरु गरिरहेको छ । रासस