२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको सफलताः रासिद खानको कीर्तिमान सन्दीपले तोडे



अ+ अ-

काठमाडौँ । नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।

एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा विकेट लिँदै सन्दीपले उक्त कीर्तिमान बनाएका हुन् । सन्दीपले ४२ खेलमा सय विकेटको लक्ष्य भेटाए ।

उनले अफगानिस्तानका बलर रासिद खानको ४४ खेलमा बनाएको सर्वाधिक छिटो विकेटको कीर्तिमान तोडेका हुन् ।

सबैभन्दा छिटो ओडीआईमा सय विकेट पूरा गर्ने खेलाडीको पहिलो नम्बरमा रासिद खान थिए । अब, सन्दीप पहिलो स्थानमा रहँदा रासिद खान दोस्रोमा झरेका छन् ।

यस्तै, अस्ट्रेलियाका मिचेल स्टार्क रहेका तेस्रो स्थानमा रहेका छन् । स्टार्कले ५२ खेलमा सय विकेट लिएका थिए ।