३ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई स्वर्णिम अवसर



file photo: can
अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज शुक्रबार नेपालले ओमानविरुद्ध आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेल खेल्दैछ ।

बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने नेपाल र ओमानबीचको खेल नेपालको ५० औं ओडिआई खेल रहेको छ ।

नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेका लागि आजको खेल विशेष रहेको छ । यदि आज सन्दीप लामिछानेले एक विकेट मात्रै लिए पनि उनी ओडीआई क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाउनेछन् ।

उनले अफगानिस्तानका बलर रासिद खानको ४४ खेलमा बनाएको सर्वाधिक छिटो विकेटको कीर्तिमान तोड्दै ४२ खेलमा सय विकेट पूरा गर्नेछन् ।

सबैभन्दा छिटो ओडीआईमा सय विकेट पूरा गर्ने खेलाडीको पहिलो नम्बरमा रासिद खान छन् भने, दोस्रोमा अस्ट्रेलियाका मिचेल स्टार्क रहेका छन् । स्टार्कले ५२ खेलमा सय विकेट लिएका थिए । यस्तै, तेस्रो नम्बरमा पाकिस्तानका सक्लिन मस्तक रहेका छन् । उनले ५३ खेलमा सय विकेट पूरा गरेका थिए ।