२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई स्वर्णिम अवसर



file photo: can
अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज शुक्रबार नेपालले ओमानविरुद्ध आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेल खेल्दैछ ।

बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने नेपाल र ओमानबीचको खेल नेपालको ५० औं ओडिआई खेल रहेको छ ।

नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेका लागि आजको खेल विशेष रहेको छ । यदि आज सन्दीप लामिछानेले एक विकेट मात्रै लिए पनि उनी ओडीआई क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाउनेछन् ।

उनले अफगानिस्तानका बलर रासिद खानको ४४ खेलमा बनाएको सर्वाधिक छिटो विकेटको कीर्तिमान तोड्दै ४२ खेलमा सय विकेट पूरा गर्नेछन् ।

सबैभन्दा छिटो ओडीआईमा सय विकेट पूरा गर्ने खेलाडीको पहिलो नम्बरमा रासिद खान छन् भने, दोस्रोमा अस्ट्रेलियाका मिचेल स्टार्क रहेका छन् । स्टार्कले ५२ खेलमा सय विकेट लिएका थिए । यस्तै, तेस्रो नम्बरमा पाकिस्तानका सक्लिन मस्तक रहेका छन् । उनले ५३ खेलमा सय विकेट पूरा गरेका थिए ।