२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार ओमानविरुद्धको खेलमा नेपालले ५० औं ओडिआई पूरा गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । भोलि शुक्रबार नेपालले ओमानविरुद्ध आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) खेल खेल्ने भएको छ।

एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबार किर्तिपुरको टियु मैदानमा हुने ओमानविरुद्धको खेल नेपालको ५० औं ओडिआई खेल हुनेछ ।

घरेलु मैदानमा आयोजना भईरहेको एसीसी प्रिमियर कपमा एकै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यता प्राप्त देश हुन् । त्यसैले यो खेल ओडिआई मान्यताको हुनेछ ।

सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औं ओडिआई खेलेको छ । नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग पहिलो ओडिआई खेलेको थियो । ४९ ओडिआई खेल्दा नेपालले २६ मा जित, २१ मा हार, एक मा टाई र एक खेलमा नतिजा बिहीन छ ।

नेपालले हालसम्म ७ वटा देशसँग ओडिआई खेलेको छ । ४९ मध्ये आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ३६ खेल खेलेको थियो । बाँकी १२ खेल सिरिजको रुपमा र एक खेल प्रतियोगितामा खेलेको थियो । नेपालले सबैभन्दा धेरै युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।

नेपालले युएईसँग भएको १३ खेलमा ७मा जित र ६मा हार व्यहोरेको छ । यस्तै, नामिबियासँग ६ खेलमा २ जित, ३ हार र एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । ओमानसँग ६ खेलमा २ जित र ४ हार, पपुवा न्युगिनीसँग १० खेलमा ८ जित र २ हार भएको छ ।

यस्तै, स्कटल्यान्डसँग ६ खेलमा ३ जित र ३ हार भएको छ भने अमेरिकासँग ६ खेलमा ३ जित, २ हार र एक खेल टाई खेलेको छ ।