२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार ओमानविरुद्धको खेलमा नेपालले ५० औं ओडिआई पूरा गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । भोलि शुक्रबार नेपालले ओमानविरुद्ध आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) खेल खेल्ने भएको छ।

एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबार किर्तिपुरको टियु मैदानमा हुने ओमानविरुद्धको खेल नेपालको ५० औं ओडिआई खेल हुनेछ ।

घरेलु मैदानमा आयोजना भईरहेको एसीसी प्रिमियर कपमा एकै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यता प्राप्त देश हुन् । त्यसैले यो खेल ओडिआई मान्यताको हुनेछ ।

सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औं ओडिआई खेलेको छ । नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग पहिलो ओडिआई खेलेको थियो । ४९ ओडिआई खेल्दा नेपालले २६ मा जित, २१ मा हार, एक मा टाई र एक खेलमा नतिजा बिहीन छ ।

नेपालले हालसम्म ७ वटा देशसँग ओडिआई खेलेको छ । ४९ मध्ये आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ३६ खेल खेलेको थियो । बाँकी १२ खेल सिरिजको रुपमा र एक खेल प्रतियोगितामा खेलेको थियो । नेपालले सबैभन्दा धेरै युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।

नेपालले युएईसँग भएको १३ खेलमा ७मा जित र ६मा हार व्यहोरेको छ । यस्तै, नामिबियासँग ६ खेलमा २ जित, ३ हार र एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । ओमानसँग ६ खेलमा २ जित र ४ हार, पपुवा न्युगिनीसँग १० खेलमा ८ जित र २ हार भएको छ ।

यस्तै, स्कटल्यान्डसँग ६ खेलमा ३ जित र ३ हार भएको छ भने अमेरिकासँग ६ खेलमा ३ जित, २ हार र एक खेल टाई खेलेको छ ।