जाजरकोट–डोल्पा सडकखण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा काम गरिरहेका दुई जनाको श्रमिकको मृत्यु भएको छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य निरज आचार्यका अनुसार उक्त दुर्घटनामा तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् भने अन्य ४ जना गम्भीर घाइते भएका छन् ।
नेता आचार्यले मृतक श्रमिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्रातिशीघ्र उपचारको व्यवस्था मिलाउन र बेपत्ताहरुको खोजीका लागि स्थानीय प्रशासन र सरोकारवालाहरुमा अनुरोध गर्नुभएको छ ।