५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको मुख हेर्ने दिन मातातीर्थमा दर्शनार्थीको भीड- फोटोफिचर



अ+ अ-

काठमाडौँ । आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ ।

आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । देशभर आमालाई मिठामिठा परिकार खुवाइ आमाको मुख हेर्ने चलन छ । साथै आज काठमाडौं उपत्यकाको मातार्तीर्थमा ठूलो मेला लागेको छ । आमाको मुख हेर्ने र आमाबाट आशिर्वाद लिने परम्परा अनुसार मातातीर्थ औंशी मनाउने गरिन्छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमालाइ स्मरण गर्दछन् । मातातीर्थ मेलाको अवसरमा आज चन्द्रागिरी नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।

आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिन्छ । मातातीर्थमा पुग्नुभएका दर्शनार्थी प्रेमप्रसाद लामिछानेले दर्शन गर्न कठिनाइ नभएको बताउनु भयो । उहाँले यस वर्ष सूर्यग्रहण लागेकाले पनि मातातीर्थमा दर्शनका लागि आउनेको संख्या कम रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दर्शन गर्न गाह्रो भएन । त्यो भन्दा पहिला धेरै भीड हुन्थ्यो । आज ग्रहणका कारणले पनि कतिपय मानिस आएका छैनन् । कतिपय मानिसहरु ग्रहणको दोषका कारण आएका छैनन् ।’

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभ आशिर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

 




भर्खरै