२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको मुख हेर्ने दिन मातातीर्थमा दर्शनार्थीको भीड- फोटोफिचर



अ+ अ-

काठमाडौँ । आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ ।

आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । देशभर आमालाई मिठामिठा परिकार खुवाइ आमाको मुख हेर्ने चलन छ । साथै आज काठमाडौं उपत्यकाको मातार्तीर्थमा ठूलो मेला लागेको छ । आमाको मुख हेर्ने र आमाबाट आशिर्वाद लिने परम्परा अनुसार मातातीर्थ औंशी मनाउने गरिन्छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमालाइ स्मरण गर्दछन् । मातातीर्थ मेलाको अवसरमा आज चन्द्रागिरी नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।

आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिन्छ । मातातीर्थमा पुग्नुभएका दर्शनार्थी प्रेमप्रसाद लामिछानेले दर्शन गर्न कठिनाइ नभएको बताउनु भयो । उहाँले यस वर्ष सूर्यग्रहण लागेकाले पनि मातातीर्थमा दर्शनका लागि आउनेको संख्या कम रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दर्शन गर्न गाह्रो भएन । त्यो भन्दा पहिला धेरै भीड हुन्थ्यो । आज ग्रहणका कारणले पनि कतिपय मानिस आएका छैनन् । कतिपय मानिसहरु ग्रहणको दोषका कारण आएका छैनन् ।’

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभ आशिर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।