२२ मंसिर २०८२, सोमबार
,
Latest
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने ‘दलित महिला र बालिकामाथि हुने हिंसाको अवस्था चिन्ताजनक छ’ ईश्वर पोखरेलले बुझाए पार्टी कार्यालयमा फरक मतसहितको अवधारणापत्र एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच छलफल शुरु– तस्बिरहरु सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको अन्तिम चुनावी सभा आज , रविले भने- राजनितीक भिडन्तबारे सिङ्गो देशलाई भन्छौ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा बिहीबार दिउँसो हुने आमसभामा आम मतदातालाई उपस्थितिका लागि अनुरोध गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले सारा राजनीतिक दल एकातिर र रास्वपा अर्कातिर भएको आज (बिहीबार) को आमसभा विशेष हुने उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “यो वारपारको राजनितीक भिडन्तबारे आज हामी तीनै भाइले चितवनका जनतामार्फत सिङ्गो देशलाई केही सुनाउनु छ। आजको तपाईंको उपस्तिथिले अर्थ राख्छ। आज चितवनमा खास मान्छेहरु पनि आउँदैछन्। ३ बजे गेष्ट हाउस चौर।”

यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध गरिँदैछ ।

प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो ।

आज चुनावी प्रचारप्रसारको अन्तिम दिन भएकाले रास्वपाले चितवन–क्षेत्र नं २ मा विशाल आमसभा गर्ने भएको हो । उक्त निर्वाचन क्षेत्रबाट रास्वपाका सभापति लामिछाने उम्मेदवार हुनुहुन्छ ।