२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीमा करेन्ट लगाइ माछा मार्ने चार जना पक्राउ



अ+ अ-

गोरखा । नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दराँैदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

पक्राउपर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २८ वर्षका लीलामान कुमाल, २६ वर्षका सरोज कुमाल, राहुल कुमाल र रचिन कुमाल रहेको उहाँले बताउनुभयो । सिरानचोक गाउँपालिका–७ मा पर्ने ओडारेस्थित दरौँदी नदीमा राति १:३० बजे ब्याट्रीमार्फत करेन्ट प्रवाह गरी माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेकाको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरिएकोे १२ भोल्टको ब्याट्री, करेन्ट प्रवाह गर्ने भाटा, माछा थाप्न बनाइएको जाली र माछा राख्न बनाइएको फुर्लुङसमेत बरामद गरिएको छ, उपरीक्षक लामिछानेले भन्नुभयो । नदीमा करेन्ट प्रवाह गरी माछा मार्नेक्रम बढ्दै गएपछि प्रहरीले यस्ता कार्र्य रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो । रासस