२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानले कतारलाई ४० रनले हरायो



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत ओमानले विजयी सुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा ओमानले कतारलाई ४० रनले पराजित गरेको हो । ओमानले दिएको २५० रनको विजयी लक्ष्य पछ्याएको कतारले ४७.२ ओभरमा अलआउट हुँदै २०९ रनमात्र जोड्यो ।

कतारका मोहमद रिजलानले ४३, खुराम शाहजाद ३०, इकरामुल्लाह खान २६, इमाल लियांगे २७, मुहम्मद तनवीरले १९ रन जोडे ।

बलिङतर्फ ओमानका विलाल खानले चार, जय ओडेड्रा र अकिव इलियासले दुई–दुई तथा जिसन मक्सुदले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन जोडेको थियो । ओमानका लागि आयान खानले ६४ रनमा अविजित रहँदै अर्धशतकीय इनिङ्स खेले । यस्तै, जिशन मक्शुद ४१, सन्दीप गोउद ३४, कश्यप प्रजापती र मोहम्मद नदिमले १८/१८ रन जोड्दा जतिन्दर सिंह र आदिल साफिकले १६/१६ रन जोडे । अकिव इलियासले १७ रनको योगदान दिए ।

बलिङतर्फ कतारका मुहम्मद मुराद र आमिर फारुकले तीन–तीन विकेट लिँदा इकरमुल्लाह खानले दुई विकेट लिए ।