• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

नेप्से परिसूचक १५.१३ अंकले वृद्धि



symbolic picture

काठमाडौँ । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से बुधवार सामान्य वृद्धि भएको छ ।

बुधवार नेप्से परिसूचक १५.१३ अंक बढेर १९२०.१२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंले बढेको छ ।

बुधवार कारोबारमा आएका २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से सामान्य बढेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो कारोबारमा ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबर भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर म्युचुअल फण्ड उपसमूहको परिसूचक भने घटेको छ ।

बुधवार नेप्सेपरिसूचक सामान्य बढेसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता, आदर्श लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज स्वावलम्वन लघुवित्तको कम्पनीको यस दिन ८ करोड ८३ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ ।