९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यवर्ती क्षेत्रको आवश्यकता छैन: महेश बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई राष्ट्रिय वनको क्षेत्रको रुपमा अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

“आगामी बजेट बनाउँदा यस विषयमा सरकारको ध्यानकर्षण गराउन चाहान्छु” उहाँले भन्नुभयो । सांसद बर्तौलाले मध्यवर्ती क्षेत्र आसपास नयाँ उद्योग सञ्चालन गर्न कठिनाइ भएको सम्बन्धमा सरकारको ध्यानकर्षण गराउँदै मध्यवर्ती क्षेत्रको समस्या दिगोरुपमा समाधान गर्न आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको सम्बन्धमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वास्थयलाभको कामना गर्नुभयो ।