२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृत्य र मुस्तफाको सानदार शतकमा कुवेतलाई ३ सय ७२ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपमा युएईका युवा खेलाडी वृत्य अरविन्द र अलराउन्डर रोहन मुस्तफाको सानदार शतकमा कुवेतलाई ३ सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७१ रन बनायो । युएईका वृत्य अरविन्दले १ सय ४७ बलमा १७ चौका र ९ छक्कासहित १ सय ८५ रनको शतकीय इनिङ खेले ।

यस्तै, अनुभवी ब्याटर रोहन मुस्तफाले पनि १ सय २५ बलमा १० चौका र ४ छक्कासहित १ सय १८ रन बनाए । मुस्तफाले १६ बलसम्म रनविहिन थिए । उनले ९५ बलमा अर्धशतक पूरा गरेका थिए । मुस्तफाले अन्तिम ३० बलमा ६८ रन जोडेका थिए ।

२४–३ को दयनीय अवस्थामा पुगेको युएईलाई विशाल योगफलमा पुर्याउन रोहन मुस्तफा र वित्य अरविन्दले २ सय ७५ रनको दोहोरो शतकीय साझेदारी गरे । ४७ औं ओभरको तेस्रो बलमा सैयद मोनिबको बलमा मुस्तफा आउट भएपछि उक्त साझेदारी तोडिएको थियो ।

युएईका आसिफ खानले ९ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुवेतका बलर प्रविन्दर कुमारले ३ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । यस्तै, शाहरुखले ८ ओभरमा ६० रन खर्चेर २ विकेट लिँदा यासिन पटेल र सैयद मोनिबले समान एक एक विकेट लिए ।