२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार पदम लिम्बुको अन्त्येष्टि हुने



अ+ अ-

विराटनगर । प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनका मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को अन्तेष्टि शनिबार गरिने भएको छ ।

कोशी प्रदेश नामकरणको विरोधमा गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु भएको २९ दिनपछि उनको अन्त्येष्टि गर्न लागिएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाङ्फेका अनुसार वैशाख ९ गते शव यात्रापछि अन्त्येष्टि गरिने छ । अन्त्येष्टिअघि शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि सुनसरीको धरान, इटहरी र विराटनगरमा राखिनेछ ।

मुख्यमन्त्री कार्यालय विराटनगर अगाडि केही समय श्रद्धाञ्जलिका लागि शव राखेर बेलबारीमा लगेर अन्त्येष्टि गर्ने तयारी रहेको तुम्बाहाङ्फेले जानकारी दिनुभयो । मोरङको बेलबारी–२ लालभित्ती स्थायी घर भएका लिम्बू धरान बस्दै आएका थिए ।

चैत ५ विराटनगरमा भएको प्रदर्शनका क्रममा टाउकोमा चोट लागेका लिम्बूलाई चैत ९ गते बेहोस अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । चैत १० गते उनको मृत्यु भएको थियो ।

पहिचान पक्षधरको मागअनुसार सरकारले गत २४ चैतमा शहीद घोषणा गरेको थियो । साथै सरकारले उनको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको थियो ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो । पहिचान पक्षधर दल र जातीय संस्थाले प्रदेशको पुन: नामकरणको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।