१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटनामा एकै ठाउँका २१ घाइते



अ+ अ-

सप्तरी । सप्तरीको शम्भुनाथमा आज भएको बस दुर्घटनामा एकै ठाउँका २१ जना घाइते भएका छन् । शम्भुनाथ नगरपालिका–८ मिलन चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको रिजर्भ बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार २१ यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बस चालक झापा बिर्तामोड नगरपालिका–१ का ४३ वर्षीय टङ्क अधिकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

बस दुर्घटनामा झापाको बुद्धशान्ति गाउँपालिका–२ बुधबारेका ५० वर्षीय डम्बरकुमारी गौतम, सोही ठाउँकी ६९ वर्षीया जगदेवी अठानी, ६५ वर्षीया देवमाया मगराती, ४५ वर्षीया नरमाया मगराती, ३९ वर्षीया अमृता बजगार्इं, ५० वर्षीया मीना ढकाल, ५३ वर्षीया कमला सुवेल, ५० वर्षीया हिमा लम्जेल, ६० वर्षीया कमला लम्जेल र ६१ वर्षीया बालकुमारी मगर घाइते हुनुभएको छ । उहाँहरूको सप्तरीको कल्याणपुरस्थित युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी झापाको बुद्धशान्ति–२ कै ५१ वर्षीय बालकिसन मिजार, ४८ वर्षीय बुद्धिमान लिम्बु, ४८ वर्षीय केदार पौडल, ५८ वर्षीया सरिता बोहरा, ४० वर्षीय टीका बोहरा, ३८ वर्षीया गीता मिजार, ३० वर्षीय बिना आचार्य, १४ वर्षीया अस्मिता गुरागाईं र ४७ वर्षीय उमा श्रेष्ठ घाइते हुनुभएको छ ।

घाइते हुनेमा झापाको गौरादह गाउँपालिका–४ का ४६ वर्षीय धर्मेन्द्रकुमार श्रेष्ठ र ४० वर्षीया सुष्मा प्रधानसमेत रहनुभएको छ । उहाँहरूको उपचार भने कल्याणपुरस्थित एडभान्स अस्पतालमा भइरहेको छ । रासस