९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा: नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अनिता देवीले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गरेर नागरिकता बिहीन नेपाली बाबुआमाका सन्तानलाई नागरिकता दिनुपर्ने बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद देवीले संसदबाट नागरिकता विधेयक पारित हुन नसकेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नेपाली नागरिकका सन्तान नै नागरिकताबिहीन हुनुपर्दा आफूले पाउने अधिकारबाट वञ्चित हुनुपरेको भन्दै संसदबाट नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै विशेष समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले सरकारले कृषिमा दिने अनुदान वास्तविक किसानले पाउन नसकेका बताउनु भयो । उहाँले झोलामा खेती गर्नेहरुले मात्रै अनुदान पाइरहेका बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारले कृषिमा लगानी नगरेको होइन । अनुदान पनि नदिएको होइन । तर के देखिएको छ भने झोलामा खेती गर्ने, कागजी प्रक्रिया पुर्‍याइहाल्ने तर यथार्थ र वास्तविक किसानहरु पाउनुपर्ने अनुदान पाएका छैनन् । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, झोलामा खेती गर्ने प्रवृत्ति छ, त्यो रोकियोस् ।’

उहाँले झोलामा खेती गर्ने प्रवृत्तिलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।