२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल नेपाल नामिबियासँग २३ रनले पराजित १२ दिनसम्म जाममा फस्नुपरेको विश्वको सबैभन्दा लामो जाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने मन्त्री श्रेष्ठ दावी



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौंधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दावी गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आफ्नै पालामा सबै भूमिहिनहरुलाई लालपूर्जा दिने लक्ष्य आफूले दिएको बताउनु भएको हो ।

मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका नेवारहरु पनि भूमिहिन रहेको विगतमा राज्यले नदेखेको भन्दै अव आफूले उनीहरुलाई पनि लालपूर्जा प्रदान गर्ने आश्वासन दिनु भयो । उहाँले सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञहरु सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा पनि गर्नु भयो ।

मन्त्री श्रेष्ठले भन्नु भयो, ‘मेरो पालामा भूमिहीनहरुलाई लालपूर्जा दिने मेरो लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरु छन । काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु । उपत्यकाका मूलबासी लाखौं नेवारहरु लालपूर्जा विहिन छन । पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहरुले लालपूर्जा पाउनै पर्दछ । काठमाडौंको नेवारलाई किन भूमिहीन देखेन राज्यले ? प्रश्न भने गम्भिर छ । त्यसैले उपत्यका नेवारहरुलाई सो भूमिको लालपूर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ । सहकारीबाट जनता ठगीको सुनासो छ । कसरी सहकारीलाई जनताप्रति उत्तरदायी बनाउने विस्तृत अध्ययनका लागि विज्ञहरु सम्मिलित एउटा कार्य दल तुरुन्त बनाउनेछु । ’

मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।