४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो

भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने मन्त्री श्रेष्ठ दावी

भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने मन्त्री श्रेष्ठ दावी
अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौंधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दावी गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आफ्नै पालामा सबै भूमिहिनहरुलाई लालपूर्जा दिने लक्ष्य आफूले दिएको बताउनु भएको हो ।

मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका नेवारहरु पनि भूमिहिन रहेको विगतमा राज्यले नदेखेको भन्दै अव आफूले उनीहरुलाई पनि लालपूर्जा प्रदान गर्ने आश्वासन दिनु भयो । उहाँले सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञहरु सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा पनि गर्नु भयो ।

मन्त्री श्रेष्ठले भन्नु भयो, ‘मेरो पालामा भूमिहीनहरुलाई लालपूर्जा दिने मेरो लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरु छन । काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु । उपत्यकाका मूलबासी लाखौं नेवारहरु लालपूर्जा विहिन छन । पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहरुले लालपूर्जा पाउनै पर्दछ । काठमाडौंको नेवारलाई किन भूमिहीन देखेन राज्यले ? प्रश्न भने गम्भिर छ । त्यसैले उपत्यका नेवारहरुलाई सो भूमिको लालपूर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ । सहकारीबाट जनता ठगीको सुनासो छ । कसरी सहकारीलाई जनताप्रति उत्तरदायी बनाउने विस्तृत अध्ययनका लागि विज्ञहरु सम्मिलित एउटा कार्य दल तुरुन्त बनाउनेछु । ’

मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।