२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ भिन्डी खाँदा हुने १५ फाइदाहरु, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ । तसर्थ भिण्डीले निम्नानुसारका फाइदाहरु गर्छ :

१) भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।

२) गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ ।

३) भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन् ।

४) भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्छ ।

५) आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ । वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।

६) भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ ।

७) भिन्डी खानाले क्या’न्सरको जोखिम घट्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

८) भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ ।

९) भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ ।

१०) भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छ ।

११) भिन्डीमा अक्सिडेन्ट्स, भिटामिन–सी, म्याग्नेसियम, क्याल्सियम, आइरनजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन् ।

१२) आँखा धमिलो देख्नेका लागि पनि भिन्डीको तरकारी खानु लाभदायक हुन्छ ।

१३) भिन्डीमा पाइने आइरन, भिटामिन–के आदिले रक्तअल्पता हुन दिँदैन ।

१४) रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ।

१५) भिन्डीमा क्षार तत्व पाइन्छ, जसले अल्सरको असरलाई कम गर्न मद्दत पुर्याउँछ। (एजेन्सीको सहयोगमा)