२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप विश्व कीर्तिमान नजिक, सय विकेट पूरा गर्न एक विकेट बाँकी



file photo: can
अ+ अ-

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमानको नजिक छन् ।

आइसिसी विश्वकप लिग–२ मा गत २९ फाल्गुनमा पपुवा न्युगिनीविरुद्ध पाँच विकेट लिएसँगै सन्दीप कीर्तिमान नजिक पुगेका थिए। उनले सोहि सिरीजको अनितम खेलमा युएईविरुद्ध एक विकेट लिएका थिए । यससँगै सन्दीपलाई ओडिआईमा सय विकेट पूरा गर्न अव एक विकेट बाँकी छ ।

सन्दीपले ४१ खेलमा ९९ विकेट लिएका छन् । जारी एसीसी प्रिमियर कपमा ओमनविरुद्धको खेलमा एक विकेट लिन सके उनको १०० विकेट पूरा हुनेछ । उनले एक विकेट लिए ४२ ओडिआई खेलमा १०० विकेट पूरा गर्नेछन् । ओमन एकदिवसीय मान्यता प्राप्त राष्ट्र भएकोले नेपाल र ओमनको खेल ओडिआई मान्यताको हुनेछ ।

अफगानिस्तानका राशिद खानले नाममा ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमानी रहेको छ । उनले २०१८ मा ४४ ओडिआई खेलमा १०० विकेट पूरा गरेका थिए । राशिद खानपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ ओडिआई खेलमा १०० विकेट पूरा गरेका थिए ।

पाकिस्तानका सक्लेन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्डले र मुश्ताफिजुर रहमानले समान ५४ खेलमा,अष्ट्रेलियाका ब्रेट लीले ५५, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र भारतका मोहम्मद शामीले ५६–५६ खेलमा १०० विकेट पूरा गरेका थिए ।

सन्दीप ओडआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी हुन् । सन्दीपले २२ ओडिआई खेलमा ५० विकेट पूरा गरेका थिए । श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम गरेका थिए ।

सन् २०१८ मा पहिलोपटक नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँचमाथि विकेट लिईसकेका छन् ।

नोट: यसअघि मलेसियाविरुद्ध एक सय विकेट पूरा हुने भनिएकोमा सच्चाईएको छ