३ पुष २०८२, बिहीबार
,
Latest
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप सुरु



अ+ अ-

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित जिल्लाकै सर्वाधिक राशिको सो प्रतियोगिता यही वैशाख ९ गतेसम्म जारी रहने छ ।

गाउँपालिकाको केन्द्र चिसापानीस्थित खर्क खेलमैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा जन्तेढुङ्गा फुटबल क्लबले विजयी यात्रा सुरुआत गरेको छ । उसले त्रियुगा स्पोर्टस क्लब गाईघाटलाई ३–१ गोलअन्तरले हराउँदै विजयी यात्रा सुरु गरेको हो ।

पहिलो खेलमा जन्तेढुङ्गा फुटबल क्लबका ११ नं जर्सीका खेलाडी अब्दुल्हा म्यान अफ दि म्याच घोषित भएका छन् । अब्दुल्हाले नगद रु पाँच हजारका साथमा पदक र प्रमाणपत्र प्राप्त गरेको जन्तेढुङ्गा खेलकुद विकास समितिका सचिव अमित राईले जानकारी दिए ।

प्रतियोगिताको दोस्रो खेल आज दिउँसो २ः३० बजे बसाहा फुटबल क्लब र हलेसी तुवाचुङ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको तेस्रो खेल बुधबार दिउँसो २ः३० बजे भोजपुर फुटबल सङ्घ र बेल्टार एकता क्लबबीच तथा चौथो खेल गोलबजार स्पोर्टस क्लब र भगवती स्पोर्टस् क्लबबीच बिहीबार २ः३० बजे सञ्चालन हुने आयोजकले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ ।

विभिन्न आठ समूहका खेलाडी सहभागितामा प्रथम पुरस्कार राशि नगद रु दुई लाख ५५ हजार पाँच सयको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको दोस्रो पुरस्कार नगद रु एक लाख ५५ हजार पाँच सय, ट्रफी, मेडल र प्रमाणपत्र रहेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

गोल्डकपमा सेमिफाइनलिष्ट दुई टोलीले नगद रु ५०–५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक जन्तेढुङ्गा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेण्डरलाई नगद रु १०–१० हजार तथा म्यान अफ दि म्याचलाई नगद रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

गोल्डकप सञ्चालन गर्न रु ३० लाख बढी खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । गोल्डकपमा सहभागी खेलाडीका लागि खाना, बास तथा आवतजावतको व्यवस्था गरिएको जनाइएको छ ।

गोल्डकपले गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकास्तरीय खेलकुद विकास समिति दर्ता गर्ने प्रक्रिया पनि अगाडि बढाइएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

खेलकुदको माध्यमबाट खेलाडीसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिता गाउँपालिका प्रमुख अरुणादेवी राई, खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई र जन्तेढुङ्गा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले संयुक्तरूपमा शुभारम्भ गरेका छन् । रासस