८ श्रावण २०८३, शुक्रबार
,
Latest
सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप सुरु



अ+ अ-

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित जिल्लाकै सर्वाधिक राशिको सो प्रतियोगिता यही वैशाख ९ गतेसम्म जारी रहने छ ।

गाउँपालिकाको केन्द्र चिसापानीस्थित खर्क खेलमैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा जन्तेढुङ्गा फुटबल क्लबले विजयी यात्रा सुरुआत गरेको छ । उसले त्रियुगा स्पोर्टस क्लब गाईघाटलाई ३–१ गोलअन्तरले हराउँदै विजयी यात्रा सुरु गरेको हो ।

पहिलो खेलमा जन्तेढुङ्गा फुटबल क्लबका ११ नं जर्सीका खेलाडी अब्दुल्हा म्यान अफ दि म्याच घोषित भएका छन् । अब्दुल्हाले नगद रु पाँच हजारका साथमा पदक र प्रमाणपत्र प्राप्त गरेको जन्तेढुङ्गा खेलकुद विकास समितिका सचिव अमित राईले जानकारी दिए ।

प्रतियोगिताको दोस्रो खेल आज दिउँसो २ः३० बजे बसाहा फुटबल क्लब र हलेसी तुवाचुङ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको तेस्रो खेल बुधबार दिउँसो २ः३० बजे भोजपुर फुटबल सङ्घ र बेल्टार एकता क्लबबीच तथा चौथो खेल गोलबजार स्पोर्टस क्लब र भगवती स्पोर्टस् क्लबबीच बिहीबार २ः३० बजे सञ्चालन हुने आयोजकले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ ।

विभिन्न आठ समूहका खेलाडी सहभागितामा प्रथम पुरस्कार राशि नगद रु दुई लाख ५५ हजार पाँच सयको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको दोस्रो पुरस्कार नगद रु एक लाख ५५ हजार पाँच सय, ट्रफी, मेडल र प्रमाणपत्र रहेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

गोल्डकपमा सेमिफाइनलिष्ट दुई टोलीले नगद रु ५०–५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक जन्तेढुङ्गा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेण्डरलाई नगद रु १०–१० हजार तथा म्यान अफ दि म्याचलाई नगद रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

गोल्डकप सञ्चालन गर्न रु ३० लाख बढी खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । गोल्डकपमा सहभागी खेलाडीका लागि खाना, बास तथा आवतजावतको व्यवस्था गरिएको जनाइएको छ ।

गोल्डकपले गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकास्तरीय खेलकुद विकास समिति दर्ता गर्ने प्रक्रिया पनि अगाडि बढाइएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

खेलकुदको माध्यमबाट खेलाडीसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिता गाउँपालिका प्रमुख अरुणादेवी राई, खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई र जन्तेढुङ्गा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले संयुक्तरूपमा शुभारम्भ गरेका छन् । रासस