४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो

मदन भण्डारी स्पोर्टस् एकेडेमीले राष्ट्रिय प्रतियोगिता गर्दै

मदन भण्डारी स्पोर्टस् एकेडेमीले राष्ट्रिय प्रतियोगिता गर्दै
अ+ अ-

काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीले ‘सबैका लागि खेलकुद’ भन्ने नारासहित विभिन्न खेलविधामा राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ ।

एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराँते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्टलगायत विधामा राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो । फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तानलगायत विधामा प्रदेशस्तरीय प्रतियोगिता गरिने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष धु्रव आचार्यले आउँदो जेठ २३ देखि ३० गतेसम्म पोखरामा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली कप रनिङ शिल्ड राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी भएको बताउनुभयो ।

प्रतियोगितामा च्याम्पियनले १० लाख, उपविजेताले पाँच लाख एवं बेष्ट बलर र ब्याट्स म्यानले रु २५र२५ हजार पुरस्कार पाउनेछन् । यही वैशाख ५ देखि ६ गतेसम्म काठमाडौँको लैनचौरमा राष्ट्रिय जुनियर लेवल टेबल टेनिस प्रतियोगिता आयोजना हुनेछ । १५ र १९ वर्षमुनिको छात्रछात्रा टेबल टेनिस प्रतियोगितामा प्रथमले १५, द्वितीय र तृतीयले रु १०र१० हजार पुरस्कार पाउनेछन् ।

एकेडेमीले जेठ ४ देखि १० गतेसम्म काठमाडौँको त्रिपुरेश्वरमा राष्ट्रिय खुला बाँस्केटबल पुरुष र महिला रनिङशिल्ड प्रतियोगिता आयोजना गर्दैछ, जसमा विजेताले एक लाख ५० हजार र उपविजेताले एक लाख नगद पुरस्कार पाउने जनाएको छ । सोअन्तर्गत यही वैशाख २५ र २६ मा भक्तपुरमा हुने खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता, आगामी जेठ ३१ मा सुर्खेतमा हुने राष्ट्रिय रेसलिङ प्रतियोगिता, बुटवलमा जेठ २ देखि ४ गतेसम्म हुने राष्ट्रिय चेस प्रतियोगिता हुनेछ ।

एकेडेमीले वैशाख २७ देखि जेठ १५ गतेसम्म सातवटै प्रदेश मुकाममा मदन भण्डारी अन्तरमावि रनिङशिल्ड फुटबल प्रतियोगिता गर्नेछ भने आउँदो असार १ देखि १५ गतेसम्म ७ वटै प्रदेशमा प्रदेशस्तरीय मदन भण्डारी अन्तरमावि प्रदेश रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्नेछ ।

वैशाख २५ र २६ मा काठमाडौँमा बागमती प्रदेशस्तरीय तेक्वान्डो प्रतियोगिता र मधेस प्रदेशस्तरीय डोरीतान प्रतियोगिता सप्तरीमा हुने अध्यक्ष आचार्यले बताउनुभयो । बुटवलमा असार ३ देखि ५ गतेसम्म विद्यालयस्तरीय आत्मरक्षा तालिम दिइने तथा खेलकुद विकासका लागि खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापकलाई जेठ ३ गते काठमाडौँमा अन्तरक्रिया आयोजना गरिने उहाँले जानकारी दिनुभयो । एकेडेमीका खेल प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले समन्वय गर्नेछन् ।

एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा गत वैशाख २३ गते बुद्धजन्मस्थल लुम्बिनीमा पिस ओपन हाफ म्याराथन प्रतियोगिता गरेर वार्षिक खेलको सुरुवात गरेको थियो । एकेडेमीका उपमहासचिव सुवर्ण श्रेष्ठले खेल विधाका विभाग गठन गरेर बालबालिका, युवादेखि भेट्रान्स समूहसम्मका खेलाडीलाई प्रशिक्षण दिने, प्रतियोगिता र गतिविधि आयोजना गर्ने गरिएको बताउनुभयो ।रासस