२ पुष २०८२, बुधबार
,
Latest
युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा हुँदैछ कारोबार? जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णिम वाग्ले अवसरवादी– सांसद राणा



अ+ अ-

दमौली । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट फाइदा मात्र लिएको र अहिले थप अवसरका लागि पार्टी छोडेर लागेको बताउनुभएको छ ।
कांग्रेसका सांसद राणाले नेपाली कांग्रेस सरकारमा हुँदा वाग्ले नेपाल आएर फाइदा लिने र सरकारबाट कांग्रेस बाहिरिएपछि फेरि विदेश जाने गरेको बताउनुभयो ।

सांसद राणाले भन्नुभयो– ‘वाग्ले नेपाली कांग्रेसबाट धेरै फाइदा लिने व्यक्तिमा पर्नुुहुन्छ, सुशील कोइराला प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको सदस्य बन्नुभयो । पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आयोगको उपाध्यक्ष नै बन्नुभयो । देश फर्किएको तीन महिनामै उहाँलाई प्रधानमन्त्री देउवाले आयोगको उपाध्यक्ष बनाउनुभएको थियो । तर उहाँले नै अहिले भने पार्टी सभापतिलाई दोषारोपण गरेर पार्टी छोड्नुभएको छ ।’

सोमबार तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य राणाले स्वर्णिम वाग्लेमा अवसरवादी चरित्र भएको आरोप लगाउँदै भन्नुभयो ‘विसं २०७४ को निर्वाचनमा कांग्रेस सरकारबाट बाहिरिएपछि हामी पाँच वर्ष विपक्षमै बसेर संगठन गर्छौं भनेर बस्यौँ तर वाग्ले भने विदेशिनुभयो । जब कांग्रेस सरकारमा पुग्छ अनि उहाँ नियुुक्तिका लागि टुप्लुक्क आइपुग्नुहुन्छ, सरकारबाट कांग्रेस बाहिरिएपछि उहाँ पनि विदेशिनुहुन्छ । त्यसैले उहाँ अवसर मात्र खोज्ने अवसरवादी हो ।’

कांग्रेसमा विदेश पढेर आएका धेरै नेताहरु भएको उल्लेख गर्दै आफूहरु पनि विदेशमै पढेर आएको तर अवसर नपाउँदा पनि देशमै बसी पार्टीको संगठन गर्ने गरेको सांसद राणाको भनाई थियो ।

नेता राणाले गोविन्द भट्टराई नेपालका समकालीन नेताहरुमध्ये राजनीतिमा अवसर नपाएका नेतामा पर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– नेवि संघमा उहाँपछि अध्यक्ष भएका सबैले अवसर पाए, तर ३० वर्षदेखि गोविन्द भट्टराई निरन्तर राजनीतिमा हुनुहुन्छ, यसपालि बल्ल टिकट पाउनुभयो । अब उहाँलाई जिताएर पठाउनुपर्छ । यो जित भनेको राष्ट्रपतिको सम्मान पनि हो ।’

यही वैशाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोविन्दराज भट्टराई उम्मेदवार हुनुहुन्छ भने वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुनुहुन्छ । रासस