६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको लागि सक्दो पहल गर्छु: मन्त्री रिजाल



अ+ अ-

पर्सा । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शिक्षा र स्वस्थ्य क्षेत्र सुधारको लागि आफुले सरकारको तर्फबाट हुने सक्दो सहयोग गराउने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

गृह जिल्ला भ्रमणका क्रममा सोमबार पर्साको जगरनाथपुर गाउँपालिका वडा नं। ३ विजवनियामा नवनिर्मित वडा कार्याल भवन, बर्थिङ सेन्टर तथा जन स्वास्थ्य प्रयोगशालाको उदघाटनको क्रममा मन्त्री रिजालले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको औलाउनु भएको थियो ।

गाउँपालिका कार्यालयले निर्माण सम्पन्न गरेको यि तीनै योजनाको कार्यक्रमकामा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले भने वडा कार्यालय संचालनले सहज  हुनुको साथै बर्थिङ सेन्टर र प्रयोगशालाबाट स्थानियले सहजै सेवा पाउने बताउनु भयो  ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाअधिबेशन प्रतिनिधिहरु वशिष्ठ नारायण कुर्मी, सहरुम राउत गदि, रामदेव चौहान, कांग्रेस पर्साका प्रवक्ता रमेश पान्डे, जिल्ला सह सचीव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा, क्षेत्रीय सचीव बालिस्टर अहमद, मन्त्री रिजालका स्वाकिय सचिव राकेश यादव, प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्द राय, वडाध्यक्ष सुभाष यादव लगायतको उपस्थिति रहेको थियो ।