२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको लागि सक्दो पहल गर्छु: मन्त्री रिजाल



अ+ अ-

पर्सा । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शिक्षा र स्वस्थ्य क्षेत्र सुधारको लागि आफुले सरकारको तर्फबाट हुने सक्दो सहयोग गराउने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

गृह जिल्ला भ्रमणका क्रममा सोमबार पर्साको जगरनाथपुर गाउँपालिका वडा नं। ३ विजवनियामा नवनिर्मित वडा कार्याल भवन, बर्थिङ सेन्टर तथा जन स्वास्थ्य प्रयोगशालाको उदघाटनको क्रममा मन्त्री रिजालले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको औलाउनु भएको थियो ।

गाउँपालिका कार्यालयले निर्माण सम्पन्न गरेको यि तीनै योजनाको कार्यक्रमकामा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले भने वडा कार्यालय संचालनले सहज  हुनुको साथै बर्थिङ सेन्टर र प्रयोगशालाबाट स्थानियले सहजै सेवा पाउने बताउनु भयो  ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाअधिबेशन प्रतिनिधिहरु वशिष्ठ नारायण कुर्मी, सहरुम राउत गदि, रामदेव चौहान, कांग्रेस पर्साका प्रवक्ता रमेश पान्डे, जिल्ला सह सचीव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा, क्षेत्रीय सचीव बालिस्टर अहमद, मन्त्री रिजालका स्वाकिय सचिव राकेश यादव, प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्द राय, वडाध्यक्ष सुभाष यादव लगायतको उपस्थिति रहेको थियो ।