२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप ‘ईबिएल टच २४’ मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु



अ+ अ-

काठमाडौं। एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप ‘ईबिएल टच २४’ मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।

एभरेष्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले मोबाइल बैंकिङ्ग एप प्रयोग गरि स्मार्ट क्युआर मा भुक्तानी गरेर सेवाको शुभारम्भ गर्नु भयो ।

यो सेवा सुरुवात भए संगै एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन्।

ग्राहकहरुले भुक्तानी गरे लगत्तै रकम सिधै एभरेष्ट बैंकको खातामा जम्मा हुने सुबिधा भएको यस स्मार्ट क्युआर को सुबिधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुबिधा पुग्ने बिश्वास बैंककोे छ ।




भर्खरै