• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै ★   सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती ★   न्युरोडबाट एक केजी भन्दा बढि सुन र डेढ करोड रकमसहित ७ जना पक्राउ ★   ‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’ ★   एकैदिन एक हजार ४०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   किन बढ्दैछ बन डढेलो ? आगलागी भएमा कसलाई खबर गर्ने ? ★   स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती ★   भोजपुरको दुर्गम भेगका एक हजार जनाको नि:शुल्क उपचार

फोहोर नउठाएको विषयमा काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट दर्ता



काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा अधिवक्ता पदमबहादुर श्रेष्ठले जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश मागसहित रिट दायर गरेका हुन् । उक्त रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने अदालत स्रोतले जनाएको छ ।

संघीय सरकारले आफ्नो माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेन शाहले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । मेयरको निर्देशनपछि ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर उठ्न सकेको छैन ।